
रत्ननगर । उद्यमशिलता कार्यक्रम सञ्चालन गरिरहेको रत्ननगरको सहीद स्मृति बहुमुखी क्याम्पस नेपालका उत्कृष्ट तीन क्याम्पसमा छनोट भएको छ । सो क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको उद्यमशीलता कार्यक्रम इइसपीमा पहिलो चरणमा नेपालका १८ क्याम्पसमा पारेर उद्यमशीलता कार्यक्रम चलाइरकेको छ । नेपालका १८ कलेजहरूलाई नेदरल्याण्डको पीयूएम नामक संस्थले प्रतिस्पर्धा गराएको थियो । सो प्रतिस्पर्धामा सहभागी १८ कलेजबाट प्रस्तावना पेस गरेको आधारमा ६ वटा कलेज छानिएका थिए । प्रस्तावना पेश गरेका ६ कलेजहरु मध्ये आइडीइए तथा प्रस्तुतीकरण र अन्तरबार्ताका आधारमा शहीद स्मृति नेपालभरीका उत्कृष्ट तीन कलेजमा छनौटमा परेको हो । उक्त छनोट पछि क्याम्पसले नेदरल्याण्डको प्राविधिक एबम् परामर्शसेवा पाउनुको साथै अन्र्तराष्ट्रिय स्तरमा नेटवर्क विस्तार हुने शहीद स्मृतिका इएसपी फोकल पर्सन सागर तिवारीले बताए । कार्यक्रममा ३० जना विद्यार्थी छानिएका छन् ।