कालिका नगरपालिकाका मेयर, उपमेयर नेपाल स्काउटबाट दिक्षित

कालिका, ७ असार । कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र उपमेयर विमला तमाङ नेपाल स्काउटबाट दिक्षित भएका छन् । स्थानीय स्काउट कालिका नगरपालिकाले आयोजना गरेको स्थानीय स्काउट संरक्षक, प्रमुख स्काउट तथा स्थानीय तदर्थ समितिको दीक्षान्त कार्यक्रम तथा स्काउट अभिमुखिीकरण कार्यक्रममा मेयर रेग्मी र उपमेयर तमाङ दिक्षित भएका हुन् । दुवैजनालाई नेपाल स्काउटको राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दिक्षित गराएका हुन ।
कार्यक्रममा बोल्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले संसारका २ सय २२ भन्दाबढी देशहरुमा स्काउट स्थापना भएको बताए । स्काउटीङ अभियानबाट औपचारिक शिक्षादिँदै सामाजिक रुपान्तरणमागर्ने जिम्मेवारी स्काउटकर्मीहरुको रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक भण्डारीले विद्यार्थीहरुलाई कुलत विरुद्ध लड्न सिकाउने संयन्त्रको रुपमा राज्यले स्थापित गरेको संस्थाभएकाले यसलाई नगरको विकासका लागि प्रयोग गर्न आग्रह गरे ।
दिक्षित पश्चात कार्यक्रमलाई संवोधनगर्दै मेयर रेग्मीले आफुहरुमाथी जिम्मेवारी थपिएको बताए । कालिका नगरपालिका क्षेत्रका सबै विद्यालयमा स्काउट स्थापना गरेर नगरलाई स्काउटमय बनाउने प्रतिवद्धता जनाए । स्काउटमा लागेकाहरु अनुशासित भएर सेवागर्नेहुँदा एकजना विद्यार्थी स्काउटमा लाग्यो भने उनको परिवार देखि गाँउघरहँुदै सिँगो समुदायलाई अनुशासित हुन सिकाउनेभएकाले स्काउटप्रति उच्च सम्मान रहेको मेयर रेग्मीले बताए ।
बढ्दै गएको लागुऔषधको दुव्र्यसनी, बालविवाह लगायतका कुलतवाट जोगाउन समेत स्काउटले महत्वपूर्ण भूमिका खेल्ने मेयर रेग्मीको विश्वास छ । कार्यक्रममा नेपाल स्काउटका वागमती प्रदेश संयोजक शिवराम अर्याल,चतुर्मुखी माध्यमिक विद्यालयका शिक्षक संजिव पोखरेल लगायतले बोलेका थिए । कालिका नगरपालिकाका विभन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थीहरु समेत सहभागि रहेको कार्यक्रम स्थानीय स्काउट कार्यालय कालिका नगरपालिकाका संयोजक सन्तोष लामिछानेको अध्यक्षतमा आयोजना गरिएको थियो ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
गर्भवती महिला र २ वर्षमुनिका बालबालिका भएका ५० चेपाङ परिवारलाई कालिकाले दियो १ सय ५० वटा बाख्रा
कालिका, ७ असार । कालिका नगरपालिकाले पहाडी क्षेत्रका वडाहरुमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १ सय ५० वटा प्रजनन् योग्य कोरली पाठी वितरण गरेको छ ।
पहाडी क्षेत्रका सिमान्तकृत समुदाय (चेपाङ)का ५० परिवारलाई प्रतिपरिवार तीनवटा बाख्रा वितरण गरिएको हो । वडा नं. ९ मा २५ परिवार र वडा नं. ११ का २५ गरी ५० परिवारलाई बाख्रा वितरण गरिएको कालिका नगरपालिकाका पशु शाखा प्रमुख इश्वरी पौडेलले जानकारी दिए ।
चेपाङ समुदायमा अझै पोषणको अवस्था सन्तोषजनक नभएकाले वडा नं. ९ र ११ मा गर्भवती महिला भएको र २ वर्षमुनीका बालबालिका भएका परिवारलाई लक्षित गरेर बाख्रा वितरण गरिएको हो ।
वडा न.ं ९ मा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था मार्फत बाख्रा वितरण गरिएको छ । सहकारीमा आवद्ध कुषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खड्क कुमारी खत्रीले जानकारी दिइन् ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले बिउपुँजीको रुपमा दिएको यो बाख्रालाई राम्रोसँग रेखदेखगर्न सके आउनेवर्षहरुमा यसले राम्रो फलदिँदै जाने बताए । यसले तपाईहरुको आम्दानी बढाउँछ, तपाईहरुको आर्थिकपाटो बलियो बनाउँछ नगर प्रमुख रेग्मीले भने–त्यसवाट आएको पैसाले पोषणयुक्त खाना जुटाउन सहज हुनेछ ।
तीनवटा बाख्रालाई राम्रो स्हारगर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने भन्दै नगर प्रमुख रेग्मीले यसलाई सदुपयोगगर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला तमाङले यो कार्यक्रम नगरको तीनवटा वडामा हाल लागु गरिएको जानकारी दिए । नगरक्षेत्रका महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले पनि नगरपालिकाले यस्तोखालको कार्यक्रमलाई जोड दिएको बताइन । बाख्रा उत्पादनको पकेट क्षेत्र मानिएको यो नगरपालिकामा खसीबाख्रा उत्पादनमा अब्बल हुन सके यसले चेपाङ समुदायलाई मात्र नभई समग्र नगरबासीहरुलाई फाइदा पुग्ने बताइन । यहाँको उत्पादन र श्रमले सम्बृद्ध नगर बनाउन ठूलो अर्थ राख्ने उपमेयर तमाङको भनाई छ । यो आगमी आर्थिकवर्षदेखि मासुमा समेत नगरपालिका अनुदान दिने नीति लिएको भन्दै उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरिन ।
कार्यक्रममा कालिका नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपक भण्डारीले चेपाङ समुदायका बालबालिका र गर्भवती महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको जानकारी दिए । गर्भमा भएका बेलादेखि जन्मिएको २ वर्ष सम्मका बालबालिकालाई पोषणयुक्त खाना जुटाउन सके बालिबालिकाहरुको दिमाग तेजिलोहुने उनले जानकारी दिए । आर्थिक स्रोतको रुपमा बाख्रापालनलाई लिन सके यसले एकवर्षकै अवधिमा आम्दानीदिन सुरुगर्नेछ उनले भने–आम्दानीवाट आवश्यक पोषणयुक्त खाना जुटाउन समस्या हँुदैन ।
कार्यक्रममा पशु शाखा प्रमुख इश्वरी पौडेल, वडा न.९ का वडा अध्यक्ष निलकण्ठ मगर, सहकारी संस्थाकी उपाध्यक्ष तीर्थमाया श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष खड्क कुमारी खत्रीको अध्यक्षतामा आयोजना गरिएको थियो । ((००))

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker