रत्ननगरमा ‘सेभ सिनेमाज’ सिनेमाघर शिलान्यास 

रत्ननगर, असार ८ ।

पूर्वी चितवनको रत्ननगरमा सुविधा सम्पन्न सिनेमाघर निर्माण हुने भएको छ । रत्ननगर वडा नम्बर १ मा निर्माण हुन लागेको ‘सेभ सिनेमाज’ सिनेमाघरको शुक्रबार शिलान्यास गरिएको हो। बकुलहरमा रहेको सेभ सुपरमार्केट संचालन गर्दै आइरहेको सौराहा भेन्चर्स प्रा.लि ले निर्माण गर्न लागेको सिनेमाघर वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाले शिलान्यास गरेका हुन् । सिनेमाघर एक बर्ष भित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइने भेन्चर्सका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । सेभ सुपरमार्केटको परिसरका निर्माण हुन लागेको सिनेमाघर संचालनमा आएपछि चलचित्र हेर्नको लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने भवन निर्माण उपसमितिका संयोजक दिपक भट्टराईले बताए । शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले भेन्चर्सले सेभ सुपरमार्केट सफल रुपमा संचालन गरेकोमा खुसी ब्यक्त गर्दै सिनेमाघर पनि सफल रुपमा संचालन हुने विश्वास ब्यक्त गरे । उनले सिनेमाघर संचालनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । शिलान्यास कार्यक्रम दिपेन्द्र खतिवडाले संचालन गरेका थिए ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker