रत्ननगरमा स्वच्छ र सन्तुलित आहार सम्बन्धि २ दिने कार्यशाला सुरु 

रत्ननगर, जेठ ८ ।

पूर्वी चितवनको रत्ननगरमा स्वच्छ र सन्तुलित आहार सम्बन्धि कार्यशाला सुरु भएको छ । स्वस्थ्य जिवनशैलिका लागि वडा नम्बर १० ले वडाका महिलालाई लक्षित गरेर दुई दिने कार्यशाला आयोजना गरेको हो ।

नेपाल स्वास्थ्य शिक्षा संघ काठमाण्डौं र चितवन रिसर्च सेन्टर प्रा.लि भरतपुरको समन्वयमा आज बाट सुरु भएको कार्यशाला भोली शनिबार सम्म चल्ने छ । वडाका ६० जना महिलाको सहभागिता रहेको कार्यशालामा नेपाल स्वास्थ्य शिक्षा संघका केन्द्रिय सचिव र संघका केन्द्रिय सदस्य तथा शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरका सह प्राध्यापक डाक्टर कुसुमराज सुवेदीले प्रशिक्षण दिने छन् ।

कार्यशाला उद्‌घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष कलाधर पौडेलले मानिस स्वस्थ्य भए मात्र अन्य काम गर्न सक्ने बताउँदै स्वास्थ्यको ख्याल गर्न जरुरी रहेको बताए । उनले स्वस्थ्य हुन स्वच्छ र सन्तुलित आहारमा ध्यान दिनुपर्ने धारणा राखे। कार्यक्रममा वडा सचिव सुरेन्द्र चौधरी, वडा सदस्यहरु सुदन भण्डारी, मिलन चौधरी, पूर्णिमा नेपाल, गोमा भण्डारी लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker