खैरहनी नगरपालिकाको बजेट ९४ करोड ८८ लाख

रत्ननगर, असार १० । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । आईतवार खैरहनी नगरपालिकाको १३औंं नगरसभामा नगर उपप्रमुख कविता उप्रेतीले बजेट सार्वजनिक गरेकीहुन् ।

प्रस्तुत बजेट अनुसार कुल खर्चमध्ये चालुतर्फ ४८ करोड २६ लाख ८४ हजार (५० दशमलव ८६ प्रतिशत) र पुँजीगततर्फ ४६ करोड ६२ लाख ११ हजार (४९ दशमलव १४ प्रतिशत) रहेको छ । विभिन्न कोषहरुमा ३ करोड २८ लाख ५५ हजार रहेकोछ । बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख उप्रेतीले आन्तरिक आय १७ करोड ७० लाख ३८ हजार रहेको बताइन् ।

संघीय सरकारको सशर्त अनुदान रु २४ करोड १४ लाख, संघीय सरकार समानीकरण अनुदान रु १५ करोड ७६ लाख, संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने रु ११ करोड ३४ लाख २० हजार, संरक्षित वन रोयल्टीबाट रु ३० लाख आम्दानी हुने नगरपालिकाले जनाएको छ ।

यसैगरी संघीय सरकारको विशेष अनुदानबाट रु २ करोड, संघीय सरकार समपुरक अनुदान रु ८० लाख, प्रदेश सरकार सशर्त अनुदान रु २ करोड ५ लाख ३० हजार, प्रदेश सरकार समानिकरण अनुदान रु १ करोड ६८ लाख २८ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने रकम रु ७ करोड ६० लाख ७९ हजार, प्रदेश सरकार समपुरक अनुदान रु ४ करोड, प्रदेश सरकार विशेष अनुदान रु १ करोड, भारतीय राजदुतावासबाट प्राप्त हुने आय रु १ करोड, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु ५० लाख र चालु वर्षको अनुमानीत बैंक मौज्दात रु ४ करोड सहित रु ९४ करोड ८८ लाख ९५ हजार हुने नगरपालिकाले जनाएको छ ।

खैरहनी नगरपालिकाले पूर्वाधार विकासमा सबैभन्दा धेरै रु ३५ करोड ६३ लाख २९ हजार, वातावरण तथा विपद व्यवस्थापनका लागि रु २ करोड ४५ लाख, सुशासन तथा संस्थागत विकास क्षेत्रमा रु १२ करोड १ लाख ९६ हजार, आर्थिक विकासका लागि रु ७ करोड ७० लाख २९ हजार, सामाजिक विकास क्षेत्र तर्फ रु ३३ करोड ७९ लाख ८८ हजार विनियोजन गरिएको नगर उपप्रमुख उप्रेतीले बताइन् ।

यस्तै कार्यसञ्चालन तथा प्रशासनिक खर्च रु ११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा रु ७ करोड ७० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च तर्फ रु ४९ लाख २५ हजार, नगरस्तरीय पूर्वाधारमा रु ३ करोड ४० लाख ४० हजार, वडास्तरीय योजनामा रु १७ करोड २६ लाख विषयगत शाखा तर्फ रु १४ करोड ५ लाख, नगरस्तरीय कोष तर्फ रु १ करोड ५० लाख, म्याचिङ्ग फण्डमा रु २ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु ३६ करोड ४९ लाख ३० गरी रु ९४ करोड ८८ लाख ९५ हजार खर्च हुने अनुमान गरिएको छ ।

आर्थिक विकास क्षेत्र तर्फ कुल विकास बजेटको ८ दशमलव १२ प्रतिशत, सामाजिक विकास तर्फ ३५ दशमलव ६२ प्रतिशत, पूर्वाधार विकास तर्फ ३७ दशमलव ५५ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ दशमलव ५८ प्रतिशत र संस्थागत विकास र सुशासनमा १२ दशमलव ६७ प्रतिशत बजेट छुट्याइएको छ ।

प्रस्तुत बजेट आइतवार नै नगरसभाले पारित गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker