कालिकामा करिब ८२ करोड बजेट सार्वजनिक, गौरवको योजनामा नौं करोड विनियोजन

विनियोजित बजेट मध्ये आन्तरिक आयबाट ११ करोड, राजश्व बाडफाँडवाट १६ करोड ९६ लाख ९७ हजार, जनसहभागीता र बेरुजु असुलीबाट ६० लाखा, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघ तर्फ रु ४२ करोड ७० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश सरकार तर्फ रु ३ करोड ६० लाख ८३ हजार, सडक बोर्ड र जिल्ला समन्वय समितिवाट रु ९० लाख गतवर्षको जिम्मेवारी रु ६ करोड गरी ८१ करोड ७७ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

सो नगरपालिकाले वडा र वडालाई दिइएको नगरस्तरीय योजना तर्फ रु १४ करोड ४९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ गौरवको योजनामा रु ९ करोड १० लाख सहित रु १३ करोड ५० लाख ६२ हजार, अधुरा कर्मगत योजना पुरागर्न रु १ करोड ७० लाख, आर्थिक विकास तर्फ रु १ करोड ३४ लाख ६५ हजार, विप्द वन, फोहोरमैला वातावरण व्यस्थापन तर्फ रु १ करोड ४७ लाख , सुरक्षा तथा शासन तर्फ रु ५० लाख, कार्यालय संचालन तथा प्रशासनिक रु १० करोड, शिक्षा युवा तथा खेलकुद रु २ करोड ५७ लाख ४१ हजार, स्वास्थ्य तर्फ रु १ करोेड २८ लाख ४५ हजार, समपुरक तथा संघसंस्था साझेदारी रु १ करोड ८५ लाख खर्च हुने अनुमान गरिएको छ ।

उद्योग तथा उद्यमशिलता तर्फ रु २१, भवन तथा वस्ती विकास तर्फ रु ६२ लाखा, सूचना प्रविधि, राजश्व सुधार तर्फ रु २९ लाख, महिला बालबालिका तर्फ रु ५२ लाख, संघीय सरकारको, शसर्त शिर्षकको कार्यक्रम रु २६ करोड ९६ लाख, प्रदेश सरकारको शसर्त शिर्षकको कार्यक्रम रु २ करोड १९ लाख ८२ हजार, विशेष अनुदान संघतर्फ १ करोड ५० लाख, समपुरक अनुदान संघतर्फ ७५ लाख खर्च गर्ने अनुमान गरिएको मेयर विनोद रेग्मीले जानकारी दिए । बजेटमा सो नगरपालिकाले नगर यातायात, सडक संजाल विस्तार, निःशुल्क हटलाईन सेवा, नागरिक सहायता कक्षवाट गुनासा सुनुवाइगर्ने लगायतका विषयलाई जोड दिएको छ ।

सामुदायिक विद्यालयमा भवन निमार्ण, स्कुल बस संचालनको विषयसंगै पूर्वाधार निमार्णलाई समेत बजेटमा राखिएको छ । विषयगत बजेट भने प्रस्तुतहुन बाँकी छ । यस अघि नगरले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । यो वर्ष बजेट कटौती भएर आएपनि गौरवका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी नगरपालिकासंग रहेको मेयर विनोद रेग्मीले जानकारी दिए । सो नगरपालिकाले प्रशासकीय कार्यविधि बनाइ खर्च मापदण्ड तथा आन्तरिक नियन्त्रण नियम २०७९ बनाई प्रभावकारी कार्यान्वयनमा ल्याएको जनाएको छ ।

नगरक्षेत्रको शहरी क्षेत्रका सबै मुख्य सडकहरु कालोपत्रे भइसकेको भइसेको भन्दै सहायक सडकहरु स्तरउन्नती र नयाँ ट्रयाक खोल्ने कार्य निरन्तर रुपमा अगाडि बढेको मेयर रेग्मीले बताए । नगरको पहाडीक्षेत्र वडा नं. ११ कार्यालय जोड्ने सडक तीब्र रुपमा स्तरउन्नतीगर्ने कार्य भइरहेको, सडक दुर्घटनालाई न्यूनीकणगर्न खोलेसिमलवाट क्लबचोक सम्म बाटो विस्तार र मोज्याक टाइल सहितको पैदलमार्ग निर्माणाधिन अबस्थामा रहेको, वडा नं १० को कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको, नगरपालिकाको आफ्नै प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आर्थिक वर्ष २०८० ÷०८१ वाट सोही भवनवाट सेवा प्रदानगर्ने तयारी भइरहेको बजेटमा उल्लेख छ ।

वडा नं १० र ११ लाई सहज बनाउन झोलुगेंपुल र नगरक्षेत्रमा अन्य कल्वर्ट निर्माण तथा विस्तारको योजना भइरहेको, आर्थिक विकास तर्फ सहकारी र समुहसंगको सहकार्यमा केराखेती अनुदान, मौरीपालन अनुदान, तरकारीखेती अनुदान, बाख्रा पालन, वंगुरपालन तथा पशुपालन व्यवसाय दुग्ध उत्पादनमा अनुदान तथा नवितम प्रविधि हस्तान्तण गरिएको मेयर रेग्मीले बताए ।

थाङखोला र बुङखोलालाई व्यवस्थापन योजनाकार्य प्रारम्भ भएको भन्दै मेयर रेग्मीले दुई नदी व्यवस्थापनका लागि डिपिआर निर्माणको तयारी सुरु भएको जानकारी दिए । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले सहजीकरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker