
रत्ननगर , जेठ १० ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला संयोजकमा रत्ननगरका युवा कृष्ण बहादुर क्षेत्री ( सुजन) चयन भएका छन् । संघको केन्द्रिय समितिले क्षेत्रीलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो । संघले विधि विधानमा रहेर उद्देश्य र मर्म अनुरुप संघको हितमा क्रियाकलाप संचालन गर्न निर्देशन दिएको छ । यस अघि संघको सह संयोजक पदमा रहेर काम गरेका क्षेत्री कराँते खेलाडी हुन् ।