अमृत टोलमा ८८ घरघुरीलाई बाताबरणमैत्री झोला 

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ अन्तर्गत रहेको अमृत टोल विकास संस्थाले बाताबरणमैत्री झोला वितरण गरेको छ । प्लाष्टिकको प्रयोग न्यूनीकरणको लागि टोल विकास संस्थाको सेवा क्षेत्र भित्रका ८८ घरधुरीलाई बाताबरणमैत्री झोला वितरण गरिएको हो । स्वास्थ्य तथा सरसफाई उपसमितिले आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटाले झोला हस्तान्तरण गरेका थिए ।

सो अबसरमा उनले वाताबरण संरक्षण तथा सरसफाईमा वडालाई नमुना बनाउने योजना रहेको भन्दै टोल विकाससंस्थाले गर्ने हरेक काममा सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा टोल विकास संस्थाको संस्थागत तथा वडाको विकासमा योगदान गरेका ३१ जनालाई सम्मान गरिएको संस्थाका सचिव विष्णु रेग्मीले जानकारी दिए । टोल विकास संस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कोषाध्यक्ष सीता ढकालले टोल विकाससंस्थाले नियमित रुपमा गर्दै आएका कामहरुको बारेमा जानकारी गराएकी थिइन् ।

उनले मुख्य सडकहरुमा दुर्घटनाको जोखिम रहेको भन्दै न्यूनीकरणका लागि स्थानीय सरकारलाई आग्रह गरेकी छन् । संस्थाका अध्यक्ष हरिबहादुर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडा सदस्य बाबुराम गौतम, खोप तथा मातृशिशु सेवा केन्द्रकी प्रमुख स्वस्ती अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव रेग्मीले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker