रत्ननगरका उद्यमी महिलालाई उद्घोषणकला सम्बन्धी तालिम

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा महिला उद्यमी संस्थामा आवद्ध प्रतिनिधिहरुका लागि उद्घोषणकला सम्बन्धी तालिम सुरु भएको छ । दुई दिने सो तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको छ । संघका संस्थापक अध्यक्ष हरिशरण पाठक प्रमुख आतिथि रहेको उद्घाटन कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले महिला उद्यमीहरुको नेतृत्व विकास तथा संस्था संचालनमा प्रभावकारिताका लागि उद्घोषण तालिम आयोजना गरिएको बताए । तालिमको प्रशिक्षकमा निरज श्रेष्ठ रहेका छन् । संघकी कार्यसमिति सदस्य एवं महिला उद्यमी प्रवद्र्धन समितिकी संयोजक विरन्जना घिमिरेको संयोजकत्वमा तालिमका आयोजना गरिएको हो । उक्त तालिम उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य र महिला उद्यमीहरुको उपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले धन्यवाद मन्तव्य राखेको सो कार्यक्रम महासचिव निराजन खनालले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker