
११ असार, सोमबार
चौविसकोठी, भरतपुर
लागुऔषध दुरुपयोग तथा ओसारपोसारविरुद्ध सचेतना जगाउन चितवनमा प्रभातफेरी निकालिएको छ । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी गरिएको हो ।
रिकभरिङ नेपाल बागमति प्रदेशसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय चितवनद्धारा आयोजित प्रभातफेरी चाैबिसकाेठिबाट सुरु भई जिल्ला समन्वय समिति भवनकाे सभा भवनमा पुगेर अन्तरक्रिया कार्यक्रम समापन गरियाे।
सो अवसरमा स्वागत मन्तब्य रिकभरिङ्ग नेपालका बागमति प्रदेशका अध्यक्ष दिवाकर राज क्षेष्ठले दिनु भयाे साथै प्रदेशिक फाेकल पर्सन अनुप पाैडेलले रिकभरिङ्ग नेपालकाे स्थापना ,कार्य र मागहरुकाे बारे बताउदै लागुऔषध दुरुपयोग विरुद्ध गर्दै आई रहेकाे कार्यहरुकाे प्रस्तुती करण गर्नु भयाे साथै Beutiful mind rehabilitaion center काे तर्फबाट डा.गिरि राज भन्तानाले लागू ओैषध प्रयाेग कर्ताहरुकाे उपचार र पुनर्स्थापनाकाे बारे प्रस्तुति दिनुभयाे। सो अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख सुरेन्द्र पाैडेल ज्युले लागुऔषधको दुरुपयोगले परिवार, समाज र राष्ट्रलाई नै क्षती हुने बताए । पाैडेलले लागुऔषध दुरुपयोग न्यूनिकरणका लागि राज्य, सरोकारवाला निकाय लगायत सम्पूर्ण सामाजिक संघसंस्था हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

चितवनमा रहेका २० वटा लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्रहरुले लागुऔषध न्यूनीकरण र रोकथामका लागि सह्रानिय कार्य गरेको भन्दै पाैडेलद्वारा लागुऔषध न्यूनीकरण र रोकथामकाेकाे कार्यमा सहभागी बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु तथा चितवन जिल्ला भित्र रहेका पुनर्स्थापना केन्द्रहरुलाई प्रशंसा पत्र प्रदान गरियाे साथै यसै लागुऔषधकाे क्षेत्रमा बिगत लामाे समय देखि सुधारमा रहदै,कार्य गर्दै आउनु भएका प्रभाकर जाेशी र शान्ता घलेलाई सम्मान पत्र बितरण गरिएको हो ।
“लागुऔषध दुरुपयोग बिरुद्धको एक्यबद्धता ब्यक्ति, समाज र रास्ट्रको प्रतिबद्धता ” भन्ने मुल नाराका साथ लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध को अन्तराष्ट्रीय दिवस २०८० को अवसरमा बेलुकि ०७:०० बजे नारायणी किनारमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । रिकभरिंग नेपाल बागमती प्रदेशका अध्यक्ष दिवाकर राज श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।