
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ८ ले विपन्न परिवारलाई नि:शुल्क धारा जडान गरेको छ। अतिविपन्नलाई नि:शुल्क र विपन्नलाई ५० प्रतिशत अनुदानमा धारा जडान गरिएको हो ।
चालू आर्थिक बर्षको तीन लाख वडा बजेटबाट ४१ घरधुरीमा धारा जडान गरिएको वडाध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । १० घरधुरीका नि:शुल्क र ३० घरधुरीमा ५० प्रतिशत अनुदानमा धारा जडान गरिएको वडा सदस्य विष्णु प्रसाद आचार्यले जानकारी दिए ।
अतिविपन्न मध्येका पनि दुईघरधुरीलाई सामाग्री समेत प्रदान गरिएको वडा सचिव सुर्यप्रसाद ढुंगानाले जानकारी दिए । धारा जडानका लागि गंगाराम चौधरी संयोजक रहेको उपभोक्ता समिति गठन गरिएको थियो ।
वडाध्यक्ष चौधरीले आर्थिक अभावका कारण स्वच्छ पानी खानबाट बन्चित रहेकाहरुको पहिचान गरि धारा जडान गरिएको बताए ।