चित्रसेनका महिला उपभोक्तालाई डाली र थाली सजाउने तालिम सुरु 

रत्ननगर । रत्ननगर नगरपलिका वडा नं ८ का महिलाहरुका लागि डाली र थाली सजाउने तालिम सुरु भएको छ । चित्रसेन मध्यवर्ती सामुदायिक वनको आर्थिक सहयोगमा महिला लक्षित सीप मुलक उपभोक्ता समितिले आयोजना गरेको सो तालिमको वडाध्यक्ष कृष्ण चौधरीले उद्घाटन गरेका छन् ।

वनप्रतिको निर्भरता हटाउदै महिलाहरुको जीवन स्तर परिबर्तन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा सामुदायिक वन अन्तर्गत टोल नं ४ का २१ जनाको सहभागिता रहेको उपभोक्ता समितिकी सचिव गीता गिरीले जानकारी दिइन । सो अबसरमा वडाध्यक्ष चौधरीले सामुदायिक वनले घाँसको अलवा उपभोक्तालाई सक्षम बनाउने काम पनि गर्छ भन्ने चित्रसेन वनले प्रमाणित गरेको बताए ।

तीन दिने सो तालिमको प्रशिक्षकमा प्रतीक्षा पौडेल रहेकी छन् । उपभोक्ता समितिकी अध्यक्ष सावित्री पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वनकि सचिव रिता थापा, कोषाध्यक्ष नवलकिशोर मर्दनीया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव गीता गिरीले सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker