रत्ननगरमा धुम्रपान निरुत्सहानका लागि प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका अगुवा महिलाहरुलाई धुम्रपान तथा मध्यपान निरुत्सहानका लागि सचेतना मुलक प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालयले अगुवा महिलाहरु मार्फत समाजमा धुम्रपान र मध्यपान विरुद्ध जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा धुम्रपान र मध्यपानले समाज र मानब स्वास्थ्यमा पारेको असरका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत भावना पाण्डे, ल्याब असिष्टेन निश्चल सापकोटा र मनोविद् कपिल शर्माले सहजीकरण गरेका थिए । जनस्वास्थ्य अधिकृत पाण्डेले धुम्रपान र मध्यपानले पारेको पारिवारिक र सामाजिक असरका बारेमा महिलाहरुलाई प्रशिक्षण दिएर उनीहरु मार्फत समाजमा सचेतना फैलाउन कार्यक्रम आयोजना गरेको बताइन् ।

मध्यपानले माबव स्वास्थ्यमा असर पारेको मात्र नभइ सामाविक विकृति समेत निम्त्याएको भन्दै उनले यसको प्रयोग न्यूनीकरणको लागि समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले धम्रपान र मध्यपान प्रयोग निरुत्साहन गर्नका लागि युवा लक्षित कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker