गुरुकुलमको भवन निर्माणको आयव्याय सार्वजनिक 

रत्ननगर । रत्ननगर वडा नं १ स्थित निपनीमा रहेको गायत्री बेद बेदाङ संस्कृत विद्यालय गुरुकुलमको भवन निर्माणको विहीबार आयव्याय सार्वजनिक गरिएको छ । प्रदेश सरकारको लगानीमा गायत्री हरिहर मन्दिरद्धारा सञ्चालित गुरुकुलमको चारकोठे भवन निर्माण गरिएको थियो ।

भवन निर्माण समितिका संयोजक शंकर गिरीले प्रदेश सरकार ४५ लाख र जनसहभागिता स्वरुप गुरुकुलमको ५ लाख १५ हजार ९१७ गरी ५० लाख १५ हज ९१७ रुपैयाको लगानीमा भवन निर्माण गरिएको जानकारी दिए । गुरुकुलममा ७२ जना विद्यार्थी अध्यायनरत छन् । संयोजक गिरीले गायत्री हरिहर मन्दिर परिसरमा प्रदेश सरकारको तीन करोडको लगानीमा धर्मशाला निर्माण भइरहेको भन्दै हरिहर मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउने बताए ।

वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेलले सरकार र जनसहयोग जुटाएर मन्दिरमा पूर्वाधार निर्माण गरिरहेको बताए । गुरुकुलमका अध्यक्ष सोमप्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker