कुखुरापालक किसानलाई जैविक सुरक्षाबारे प्रशिक्षण 

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा व्यवसायिक रुपमा कुखुरापालन गरिरहेका किसानहरुलाई आधुनिक कुखुरापालन तालिम दिइएको छ । शिबशक्ति पाण्डे सप्लायर्स र न्यू होप एग्रो विजनेश नेपालको सयुक्त आयोजनामा भएको तालिममा पूर्वी चितवनका ६१ जना किसानहरुको सहभागिता रहेको थियो ।

तालिममा डा.प्रविन पौडेलले कुखुरामा लाग्ने रोगको पहिचान र निधान तथा डा.सोनु अधिकारीले जैविक सुरक्षा र खोर व्यवस्थापनका बारेमा सहजीकरण गरेका थिए । न्यू होप एग्रो विजनेश नेपालका क्षेत्रीय प्रबन्धक संजिब पराजुली प्रमुख अतिथि रहेको सो कार्यक्रममा न्यू होप दाना प्रयोग गरिरहेका उत्कृष्ट चार जना किसानलाई सम्मान गरिएको थियो । किसानहरु कमल तामाङ, रोशन महतो, जयकिशोर चौधरी र रिकिसा ढकाललाई सम्मान तथा सामाग्री हस्तान्तरण गरिएको थियो । सो कम्पनी विश्वमा हाल नम्बर वान दाना कम्पनीको रुपमा स्थापित भएको र नेपालमा सन २०१४ मा स्थापना भएको पराजुलीले जानकारी दिए ।

सतप्रतिशत चाइनिज लगानी रहेको सो कम्पनीले देशभरी नै गुणूस्तरीय दाना उत्पादन गरी विक्री गरिरहेको उनले जानकारी दिए । शिबशक्ति पाण्डे सप्लायर्सका सञ्चालक सुरेशजंग पाण्डेले भारतबाट अबैध रुपमा बोइलर कुखुरा आयत रोकिएका कारण नेपाली किसानले उत्पादन गरेको बोइलर कुखुराको बजार राम्रो रहेको बताए । कार्यक्रममा कम्पनीका बजार प्रतिनिधि सुजन पण्डितले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कम्पनीका बजार प्रतिनिधि मिलन बस्नेतले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker