सुकुमबासीलाई कोलिफमबाट जोगाउन अनुदानमा धारा

सुकुमबासी बस्ती सम्म पानी पु¥याउन खैरहनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २५ लाख रुपैया खर्चेर पाइपलाइन विस्तार गरेको छ । लुमन्तीले खानेपानीको धारा जडानको लागि प्रतिघरधुरी पाँच हजार रुपैया प्रदान गरिसकेको छ । कुमरोज वनले ६ हजार र बुढीराप्तीले तीन हजार रुपैया लगानी गर्ने पूर्व सहमती अनुसार सुकुमबासी बस्तीमा धारा जडान थालिएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह बहादुर लामाले जानकारी दिए । बस्तीमा ३४० घरधुरी रहेको छ । अहिले सम्म ११३ घरधुरीमा धारा जडान भइसकेको र १७ धुरीमा जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको लामाले जानकारी दिए ।

कुमरोज सामुदायिक वन संग जोडिएको सो बस्तीमा दुषित पानी प्रयोगका कारण त्यहाबासिन्दाहरु रोगको सिकार हुँदै आएका थिए । करिब ढेड बर्ष अघि लुमन्तीले सो बस्तीका बासिन्दाले प्रयोग गर्ने चापाकलको पानी परीक्षण गर्दा दिसामा हुने कोलिफम जीवाणु देखा परेको थियो । लुमन्तीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरको ल्यावमा पानी परीक्षण गराएको थियो । चापाकलको पानी खाने नहुने अबस्था भएपछि अनुदानमा धारा जडान सुरु गरिएको नेपाल बसोबासी बस्ती संरक्षण समाज खैरहनीका अध्यक्ष विक्रम महतोले बताए ।

चापाकलबाट आउने पानीमा दुषित जीवाणु रहेछ उनले भने त्यसैको कारण बस्तीमा समय समयमा हैजा फैलिदै आएको थियो । रुखा,खोकी र भाइरल ज्वरोको मुख्य कारक दुषित पानी रहेछ भन्ने प्रमाणित भएको महतोले बताए । सो बस्तीमा धारा जडानको काम सुरु भएको तीन महिना भयो । यहाँका बासिन्दाले अहिले भने स्वच्छ पानी प्रयोग गर्दै आएका छन् । ११३ घरधुरीमा मात्र धारा जडान गरिएको भएपनि अधिकाँसले स्वाच्छ पानी प्रयोग गर्दै आएको मिलीजुली टोल विकास संस्थाकी सचिव पूणिमा तामाले बताइन् ।

पहिला पानीकै कारण झाडापखला लाग्ने, चिलाउने र ज्वरो आउने हुन्थ्यो उनले भनिन् आयोजनाबाट आउने पानी प्रयोग गर्न थालेपछि त्यो समस्या अन्त्य भएको छ । २५ बर्ष अघि सिम्रेनी बस्तीमा आएका ७० बर्षिय टीकाबहादुर आले स्वच्छ पानी पिउन पाउदा खुसी भएको प्रतिक्रिया दिए । धारा जडान गर्न धेरै पैसा पनि खर्च भएन उनले भने तीन वटा संस्थाले सहयोग गरेका छन्,अहिले घरमै स्वच्छ पानी आएको छ ।

बस्तीकी लक्ष्मी महतोले चापाकलबाट आउने पानीले नुहाउने, लुगाधुने र पशुचौपायालाई खुवाउने गरिएको बताइन् । मान्छेले खाने नहुँने पानी हामीले खाएका रहेछौं उनले भनिन् परीक्षण गरेपछि थाहाभयो, अहिले हामी रोगको सिकार हुनु परेको छैन् । लुमन्तीका कार्यक्षेत्र संयोजक लामाले बस्तीका अधिकाँस घरधुरीको धारा जडान गर्न सक्ने अबस्था छैन् ।

लुमन्तीले पाँच हजार दिइसकेको भएपनि अन्य दुई संस्थाहरुले पैसा दिइसकेका छैनन् । तत्काल धारा जडान गर्न केही पैसा संस्थामा जम्मा गर्नुपर्ने भएका कारण अन्यले धारा जडान गर्न नसकेको लामाले बताए । खानेपानीको धारा जडानको लागि १० हजार ५०० र सामाग्री खरिदमा करिब ६ हजार लगानी गर्नुपर्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker