रत्ननगर वडा नम्बर ३ का २६ जनालाई सीप विकास तालिम

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ का २६ जना विपन्न महिलालाई सीप मुलक तालिम दिइएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई उद्यमी बनाउन व्यूटिपार्लर र सिलाईकटाई तालिम दिइएको हो । ९ जनालाई व्यूटिपार्लर र १७ जनालाई सिलाईकटाइ तालिम दिइएको उद्यम विकास सहजकर्ता सृजना क्षेत्रीले जानकारी दिइन ।

तीन महिने दुई वटै तालिमको विहीबार एकैसाथ समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र आर्थिक विकास समितिका संयोजक समेत रहेका वडाध्यक्ष सोहेन्द्र राज खरेलले प्रमाणपत्र र प्रविधि हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई व्यवसाय सञ्चालनको लागि सिलाइकटाई तर्फ समुहगत रुपमा दुईवटा मेसिन र व्यूटिपार्लर तर्फ फेसियल कीट प्रदान गरिएको छ ।

सो अबसरमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सीप विकास मार्फत विपन्न समुदायका महिलाहरुको जीवन स्तर उकास्न तालिम आयोजना गरिएको बताए । वडाध्यक्ष खरेलले आफुले सीकेको सीपलाई आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गरे ।

समापन कार्यक्रममा वडा सदस्य इश्वर जमकट्टेल,प्रशिक्षकहरु चमेली चौधरी,योमकुमारी श्रेष्ठ, सहभागीको तर्फबाट विनिता अधिकारी र लक्ष्मी श्रेष्ठ लगाउतले मन्तव्य राखेका थिए । कार्यक्रम उद्यम विकास सहजकर्ता सरस्वती शर्माले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु शिव खनाल,बैसख्नी थरुनी, देवी सुनार,प्रशासकीय अधिकृत सविता अर्याल लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker