सौराहामा किसान महासंघको रोपाइँ विशेष कार्यक्रम

रत्ननगर । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनले शुक्रबार सौराहामा रोपाइँ विशेष कार्यक्रम गरेको छ ।

असार १५ अतार्थ २०औं राष्ट्रिय धान दिबसको असरमा महासंघका आबद्ध किसान तथा स्थानीय किसानहरुले रोपाई विशेष कार्यक्रमको आयोजना गरी धान दिबस मनाएका हुन । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्र, प्रदेश, जिल्ला र नगर स्तरीय तथा तथा किसानहरुले धान रोपेका छन् । नेताहरुले किसानसंगै धान रोपेर तथा दही चिउरा खाएर दिबस मनाएका छन् । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनका सभापति निलकण्ठ रिजालले धान उत्पादनप्रति किसानहरुको लगाब बढाउन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा कृषि विज्ञ मार्फत धान खेतीको महत्वको बारेमा समेत प्रकास पारिएको छ । नेता र किसान सहभागी कार्यक्रममा धानबाली विज्ञ विष्णु विलाश अधिकारीले धानको महत्व, उत्पादन अबस्था र आयत गर्नुपर्ने कारणको बारेमा प्रकास पारेका थिए । उनले धान उत्पादनमा लगत मुल्य घटाउन प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । ४५ बर्ष अघिदेखि धान आयत हुँदै आएको भन्दै यसलाई रोक्न सरकारले प्रयास गरेको भएपनि सफल हुन नसकेको बताए ।

तराईमा ७२ प्रतिशत, मध्येपहाडमा २४ प्रतिशत र उच्च पहाडमा ४ प्रतिशत जमिनमा धान खेती हुँदै आएको उनले जानकारी दिए । युवापंक्ति विदेश गएका कारण खेतीयोग्न जमिन बाझो भएका कारण नेपालमा धान उत्पादन घट्दै गएको उनले बताए । नेपालमा चालमको प्रयोग अत्याधिक छ उनले भने आयत रोक्न मकै, कोदो र गहँको प्रयोग गर्नुपर्छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले मन्तव्य राखेका थिए । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति भरत घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सचिव इन्द्रमणि गैरेले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker