रत्ननगरका मेलमिलापकर्तालाई बहुसरोकार विवाद निरुपण सम्बन्धी प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि बहुसरोकार विवाद निरुपण सम्बन्धी तीन दिने तालिम शुक्रबारबाट सुरु भएको छ ।

नगरपालिकाको सहयोगमा रत्ननगर मेलमिलाप केन्द्रले आयोजना गरेको सो तालिमको मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका छन् । सो अबसरमा उनले दुबै पक्षको जीत हुनेगरी न्याय सम्पादन गर्न हुनुपर्ने बताए । रत्ननगरका मेलमिलाप कर्ता र न्यायिक समितिले विवाद निरुपणको लागि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनले दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गरे ।

कार्यक्रममा न्यायिक समितिका संयोजक तथा उपमेयर यादवप्रसाद पाठकले वडा स्तरीय मेलमिलाप समितिको काम प्रभावकारी हुन नसकेको भन्दै यस तर्फ सचेत हुन नगरस्तरीय समितिलाई आग्रह गरे । गम्भिर प्रकृतिका विवाद सजिलै हल गर्न सक्ने गरी व्यक्तित्व विकास आवश्यक रहेको उनको भनाई छ ।

तालिममा ४५ जनाको सहभागिता रहेको तालिममा मेलमिलाप विज्ञ बन्धुराज पौडेल र कविता अधिकारी तथा जिल्ला न्यायधिस, अधिबक्ता तथा मालपोत कार्यालयका प्रमुखले सहजीकरण गर्नेछन् । केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले मन्तव्य राखेका थिए ।

स्थानीय तहमा न्याय सम्पादनको काम गर्दै आएका मेलमिपालकर्ताहरुलाई बहुसरोकारका विवादलाई सहजीकरण गर्ने उपायका बारेमा ज्ञान दिलाउन तालिम आयोजना गरिएको केन्द्रकी कोषाध्यक्ष अनिता अर्यालले बताइन् । कार्यक्रम सचिव संगिता खनालले सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker