सकियो रोजगार मेला, ७२४ जनाले मागे जागिर 

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको बृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा ७२४ जनाले जागिरका लागि आवेदन फारम भरेका छन् । रोजगरदाता र कामको खोजिमा रहेका युवाहरुलाई प्रत्यक्ष भेट गराउने उद्देश्यले शुक्रबार र शनिबार दुई दिनका लागि आयोजना गरिएको सो मेलामा ७२४ जनाले बायोडाटा सहित फारम भरेका हुन ।

रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले सयुक्त रुपमा आयोजन गरेको सो मेला शनिबार सकिएको छ । मेला ४ हजार ७५० ले अबलोकन गरेको र तीन हजार जनालाई बृत्ति मार्ग निर्देशनका लागि पराशर्म सेवा प्रदान गरिएको मेलाका सदस्य सचिव विश्वास श्रेष्ठले जानकारी दिए । ७२४ जनाले जागिरको लागि फारम भरेको सो मेला मार्फत रोजगार दाताले २ हजार ५२६ जना कर्मचारी माग गरेका छन् । जागिरका लागि फारम भरेकाहरुको रोजगारी सुनिश्चिताको लागि रत्ननगर नगरपालिकाले रोजगारदाताहरुसंग सहकार्य गरी काम गर्ने बाताबरण बनाउने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले मेलाको समापन गरेका हुन । सो अबसरमा उनले रोजगार मेलाबाट प्राप्त तथ्याङ्कले रोजगारीको अबसर हुँदाहुँदै पनि दक्ष जनशक्तिको अभावका कारण वेरोजगार युवाहरुको संख्या बढ्दै गएको देखाएको बताए । श्रमबजारमा रोजगारीको अबसर रहेछ उनले भने तर दक्ष जनशक्ति हामीले उत्पादन गर्न सकेका रहेनछौं । उपमेयर पाठकले प्रविधिक शिक्षाको अभावका कारण श्रमबजारमा दक्ष जनशक्ति अभाव भएको बताए ।

इन्स्योर परियोजना र हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा निपनी स्थित होटल स्टार चितवनमा मेलाको आयोजना गरिएको हो । समापन कार्यक्रममा भरतपुर महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष शंकर गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका विज्ञ सल्लहाकार रामहरि न्यौपाने, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, वडा नं १३ का वडाध्यक्ष सुवास घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker