मेलमिलापकर्तालाई बहुसरोकार विवाद निरुपण सम्बन्धी प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेलमिलापकर्ताहरुलाई बहुसरोकार विवाद निरुपण सम्बन्धी प्रशिक्षण दिइएको छ ।

रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगर मेलमिलाप केन्द्रले आयोजना गरेको सो तालिममा ६० जनाको सहभागिता रहेको केन्द्रकी कोषाध्यक्ष अनिता अर्यालले जानकारी दिइन् । मेलमिलापकर्तालाई बहुसरोकारका विवाद अन्त्यका लागि गर्नुपर्ने प्रयास र कानुनी प्रक्रियाका बारेमा ज्ञान दिलाउन तालिम आयोजना गरिएको हो ।

जिल्ला न्यायधिश बासुदेव न्यौपाने, मालपोत कार्यालयका प्रमुख ग्रिस कर्ण, अधिबक्ता दिवाकर अर्याल, कानुनी सहजकर्ता प्रियङ्का थापा, मेलमिलाप विज्ञ कविता अधिकारी र बन्धुराज पौडेलले सहजीकरण गरेका थिए । तीन दिने सो तालिम आइतबार सकिएको छ । समापन कार्यक्रममा केन्द्रकी पूर्व अध्यक्ष पार्वती न्यौपानेले न्याय नमर्ने गरि विवाद मेलमिलाप गर्नुपर्ने बताइन् । उनले समाजमा सुसासन स्थापित गर्न मेलमिलापकर्ताले खेलेको भूमिकालाइ राज्यले बेवास्था गर्न नहुने उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले दुबै पक्षले जीतको अनुभूति गर्ने गरि विवाद सामधान गर्नु पर्ने बताए । केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव संगिता खनालले सञ्चालन गरेकी थिइन् । समापन कार्यक्रममा न्यायिक समितिकी सदस्य एशोधा पौडेल लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker