उद्यमशिलता प्रवर्धनमा स्थानीय सरकारको सहयोग हुन्छ : मेयर सापकोटा 

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा उद्यमशिलता प्रर्बधनका लागि सहयोग गर्ने बताएका छन् । शहीद स्मृति बहुमुखी क्याम्पसमा सञ्चालित उद्यमशीलता सहायता कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले उद्यमशीलता तथा अनुसन्धान सम्वन्धी कार्यक्रममा आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । शहीद स्मृतिमा सञ्चालित उद्यमशिलता कार्यक्रमले युवालाई उद्यमी बनाउन सहयोग गर्ने उनको भनाई छ । मेयर सापकोटाले वेरोजार युवाहरलाई रोजगारीको अबसर सृजना गर्न रोजगार मेला गरिएको बताए । उनले मेलामा आबेदन दिएका युवाहरुलाई रोजगारी ग्यारेन्टी गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको बताए । मेयर सापकोटाले युवालाई उद्यमी बनाउन मेयरसंग उद्यमशिलता कार्यक्रम सञ्चालन गरिएको बताए । विदेशबाट फर्किएका र केही गर्छुभन्ने सोच भएका युवाहरुलाई विना व्याज तीन लाख सम्म कर्जा प्रदान गरिएको बताए । मेयर सापकोटाले विद्यार्थीमाझ अनुभव समेत बाढेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker