
रत्ननगर, असार १८ ।
सेवा निवृत्त रत्ननगरका आठ प्रधानाध्यापक सम्मानित भएका छन् । नेपाल निवृत्त शिक्षक समाज रत्ननगरले गुरु पूर्णिमाको अवसरमा सेवा निवृत्त आठ जना प्रधानाध्यापकलाई सम्मान गरेको हो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले निवृत्त प्रधानाध्यापकलाई प्रमाण पत्र र खादा लगाएर सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा नेपाल माध्यामिक विद्यालयका पूर्ण बहादुर बस्नेत र गोपाल शर्मा आचार्य, पंचकन्या माध्यमिक विद्यालय जिरौनाका भैरव बहादुर खड्का, बछौली माध्यमिक विद्यालय प्रलाद त्रिपाठी,पंचकन्या माध्यमिक विद्यालय जयमंगलाका प्रमोद कुमार पौडेल, कपरफोरी माध्यमिक विद्यालयका इन्द्र विलास न्यौपाने र द्वारिकादास माध्यमिक विद्यालयका नेत्र प्रसाद घिमिरे रहेका छन् ।
शिक्षक समाजले निवृत्त प्रधानाध्यापक संगै २ जना उत्कृष्ठ विद्यार्थिलाई पनि सम्मान गरेको छ । कक्षा ८ को परिक्षामा नगरमा छात्र तर्फ प्रथम बैरिया माध्यमिक विद्यालयका कैलाश पौडेल र छात्रा तर्फ प्रथम जनजागृती माध्यमिक विद्यालयकी केशिका अधिकारी लाई सम्मान गरिएको शिक्षक समाजका अध्यक्ष ऋषीराम बरालले जानकारी दिए । कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज चितवनका अध्यक्ष कमलीकान्त घिमिरे, नगर शिक्षा अधिकृत राजेन्द्र बराल लगायतले मन्तव्य राखेका थिए।
