लोकतान्त्रिक खेलकुद संघ चितवनको समिति गठन 

रत्ननगर, असार १८ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ चितवनको समिति गठन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन खेलकुद संघको विधान बमोजिम अध्यक्ष कृष्ण बहादुर नेपाल (सुजन) ले कार्य समिति गठन गरेका हुन् । समितिको उपाध्यक्षमा राजेश कुमार लामा र आस्था त्रिपाठी, सचिवमा दिवस मगर, सह- सचिवमा दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा सजनी श्रेष्ठ चयन भएका छन् ।

यस्तै समितिमा १७ जना सदस्य चयन गरिएको छ । चयन गरिएको सदस्यहरुमा चन्दन चौधरी, भोला शाह, अनिस पन्त, तारा खड्‌का, दिपा थापामगर, अशोक भण्डारी, तिर्थ कोइराला, अमर परियार, रोशन थिङ, सुरेन्द्र बास्तोला, सुरज बहादुर गोदार, सुमिना शाही, बच्चुराम ढकाल, अनिल लामा , राजु तमाङ्ग, अस्मिता रिजाल र परीक्षा न्यौपाने रहेका छन् ।

यसअघी असार ८ गते संघको केन्द्रिय समितिले कृष्ण बहादुर नेपाल (सुजन) लाई जिल्ला अध्यक्षमा मनोनयन गरेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker