नेपाल माविका पूर्व शिक्षकलाई विद्यार्थीको सम्मान

रत्ननगर । रत्ननगर वडा नं २ मा रहेको नेपाल माविका पूर्व शिक्षकहरुलाई सोमबार सम्मान गरिएको छ । एसएलसी व्याच २०४७/४८ का विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई सम्मान गरेका हुन ।

गुरुपूर्णिमाको अबसर पारेर असहाय बृद्ध कल्याण समाजको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ११ जना पूर्व शिक्षकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा पूर्व शिक्षकहरु निरकला शर्मा, केशव कुमार श्रेष्ठ, पूर्ण बहादुर बस्नेत, गोपाल शर्मा आचार्य, प्रल्लाद त्रिपाठी, खेमराज ओस्ती, रामचन्द्र प्रसाद गुप्ता, कलाधार अर्याल, कृष्णराज प्याकुरेल, टंकप्रसाद भुषाल र बलीराम चौधरी रहेका छन् ।

उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल माध्यमिक विद्यालय, विद्यार्थी परिवारका संयोजक रेणु घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रम पूर्व विद्यार्थी राधेश्याम मालाकारले सञ्चालन गरेका थिए । पूर्व विद्यार्थी बद्रि आचार्यले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा सुवास बरालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker