
रत्ननगर, असार १८ ।
रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आधुनिक घाँस काट्ने मेसिन (हार्भेस्टर) प्रदान गरेको छ । वडा नम्बर ६ का कृषक सुदर्शन रिजाललाई सोमबार हार्भेस्टर मेसिन हस्तान्तरण गरिएको हो । माॅ भवानी कृषि तथा पशुपालन फर्म संचालन गर्दै आएका रिजाललाई १४ लाख रुपैयाँ मूल्य पर्ने मेसिन हस्तान्तरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख शालिकराम पौडेलले जानकारी दिए ।
मेसिन खरिदका लागी ७ लाख कृषकले र ७ लाख रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको कृषि शाखा प्रमुख प्रविन लामाले बताए । अनुदानमा हार्भेस्टर मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख प्रलाद सापकोटाले नगरपालिका सधै किसानको पक्षमा रहेको जानकारी दिए । उनले नगरका किसानलाई आवश्यक सहयोग गर्न सधै तयार रहेको समेत बताए ।
कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लाहकार रामहरी न्यौपाने, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेल, वडा नम्बर १४ का वडाध्यक्ष होमनाथ रानाभाट, कार्यपालिका सदस्यहरु यशोदा पौडेल, सानु भण्डारी बस्नेत, देवेन्द्र भुजेल लगाएको उपस्थिति रहेको थियो ।
