रत्ननगरका तीन उत्कृष्ट कर्मचारी सम्मानित

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले तीन उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । विहीबार सम्पन्न १३औं नगर सभामा राजस्व शाखा प्रमुख धर्मराज अधिकारी, वडा नं ७ का वडा सचिव बासुदेव रिजाल र कार्यालय सहयोगी भिम बहादुर लामालाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

नगर सभामा मेयर प्रलाद सापकोटा, उपमेयर यादव प्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले उनीहरुलाई नगद सहित सम्मानपत्रले सम्मान गरेका हुन । सो नगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीको छनौट गरी हरेक बर्ष कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

मेयर सापकोटाले गतल गर्ने कर्मचारीलाई दण्डित र राम्रो काम गर्ने कर्मचारीलाई हौसला प्रदान गर्न सम्मान गर्ने नीति लिइएको बताए । यसैबीच रत्ननगर नगरपालिकाको नगर सभाले आर्थिक बर्ष २०८०/८१ को नीति,कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको छ ।

मेयर सापकोटाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपमेयर पाठकले प्रस्तुत गरेको बजेट सर्बसम्मत रुपमा पारित भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker