हरिहरका पशुपालक किसानलाई निःशुल्क क्यान वितरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० मा रहेको हरिहर दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध पशुपालक किसानहरुलाई दुध बोक्ने सिल्भरको क्यान वितरण गरिएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा सो सहकारीले २५० जना किसानलाई क्यान वितरण गरेको हो । सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, वडाध्यक्ष कलाधर पौडेलले किसानहरुलाई क्यान हस्तान्तरण गरेका थिए ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खरेलले पशुपालन मार्फत किसानको जीवनस्तर उकास्ने नीति नगरपालिकाले लिएको बताए । उनले लगात मुल्य कम गर्न घाँसमा अनुदान प्रदान गरिएको जानकारी दिए । वडाध्यक्ष पौडेलले प्लाष्टिकको क्यान विस्तापित गर्न किसानलाई सिल्भरको क्यान वितरण गरिएको बताए ।

१० नम्बर वडा बाताबरणमैत्री वडा हो उनले भने यसको कार्यान्वयनको लागि प्लाष्टिकजन्य सामाग्रीको प्रयोग न्यूनीकरण गर्दै लगिने छ । वडाध्यक्ष पौडेलले पाँचहजार वटा बाताबरणमैत्री झोला बनाएर घरघरमा वितरण गर्ने योजना रहेको बताए । सहकारीका अध्यक्ष विष्णु पुरीले ५ लिटर देखि १५ लिटर सम्म दुध अट्ने क्यान किसानलाई वितरण गरिएको बताए ।

सहकारीमा अब प्लाष्टिकको क्यान मु क्त गर्न सफल भएको उनको भनाई छ । कार्यक्रममा वडा सचिव सुुरेन्द्र चौधरी सहित पशुपालक किसान,टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker