रत्ननगरको सामूदायिक विद्यालयका छात्रालाई सृजनात्मक सिकाई

रत्ननगर, असार २३ ।

रत्ननगरमा छात्राहरूको अर्न्तरनिहीत क्षमताको विकास र पहिचानको लागि सृजनात्मक सिकाई कला सम्बन्धी कार्यक्रम सुरु भएको छ । सामाजिक रुपान्तरण अभियान नेपालले रत्ननगर वडा नम्बर १ स्थित बकुलहर माध्यमिक विद्यालयमा अध्ययनरत २४ जना छात्राहरुलाई शनिबारदेखी सृजनात्मक सिकाई कला सम्बन्धी कार्यक्रम सुरु गरेको हो ।

रत्ननगर नगरपालिका र सामुदायिक श्रोत केन्द्र नेपालको सहयोगमा गरिएको कार्यक्रम हरेक शनिबार हुने संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिइन् । चार हप्तासम्म चल्ने कार्यक्रममा छात्राहरुलाई कुमरोज एकेडेमीकी शिक्षीका विन्दा चौधरी र प्रकृती चौधरीले प्रशिक्षण दिने संस्थाकी सदस्य विपना ढकालले बताइन ।

कार्यक्रमका वडा नम्बर १ का वडाध्यक्ष तथा नगरका प्रवक्ता कुल प्रसाद सापकोटाले सृजनात्मक सिकाई कार्यक्रमले सहभागी २४ जना छात्राहरुको अर्न्तरनिहीत क्षमताको पहिचान गर्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रमको सफलताको शुभकामना दिंदै नगरपालीकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

संस्थाकी अध्यक्ष रिता काप्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष तथा सामुदायिक स्रोत केन्द्रका कोषाध्यक्ष सोहेन्द्रराज खरेल, बकुलहर माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पौडेल, सामुदायिक स्रोत केन्द्रका शर्मिला श्रेष्ठ , रेणु घिमीरे, मणिराम चौधरी लगायतको उपस्थिती रहेको थियो । संस्थाकी सदस्य मिना ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाकी सचिव अनिता अर्यालले संचालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker