अंग्रेजी शिक्षकलाई शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगर र कालिका नगरपालिका भित्र रहेका संस्थागत विद्यालयका अंग्रेजी शिक्षकहरुलाई आधारभूत तह शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण दिइएको छ ।

टाइम्र्स इन्टरनेशनल पब्लिकेशनको सहयोगमा संस्थागत विद्यालय परीक्षण समिति(सेकोप्स) चितवनले आयोजना गरेको सो कार्यक्रममा ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक सिकाइलाई प्रभावकारी बनाउने तारिका, व्यवहारिक शिक्षा, शिक्षण सिकाइको सीप विकास लगायतको विषयमा लेखक डिएन मुखियाले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर प्याब्सनका अध्यक्ष पशुपती उपाध्याय र सेकोप्सका संयोजक पुष्पराज श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अबसरमा रत्ननगर प्याब्सनका अध्यक्ष उपाध्यायले अंग्रजी शिक्षकहरुको क्षमता विकास र शिक्षण सिकाइ सीप विकासको लागि कार्यक्रम कोसेढुंगा सावित हुनुपर्ने बताए । उनले तालिममा सिकेका कुरालाई तत्काल कक्षाकोठामा प्रयोगमा ल्याउन आग्रह गरे ।

सेकोप्सका संयोजक पुष्पराज श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगर प्याब्सनका सचिव टेकनाथ अर्याल, टाइम्र्स इन्टरनेशनल पब्लिकेशनका प्रोप्राइटर पुरुषोत्तम दाहाल, सहभागीको तर्फबाट शिक्षकहरु अनिकेश खनाल, अम्बिका अम्गाई लगायतले मन्तव्य राखेका थिए ।

सेकोप्सका सचिव विष्णुमणि लामिछानेले सञ्चालन गरको सो कार्यक्रममा कालिका प्याब्सनका अध्यक्ष चित्रबहादुर रायमाझी, सेकोप्सका सदस्य गणेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker