
रत्ननगर, असार २५ ।
पूर्वी चितवनको रत्ननगरमा रहेको प्यारागन माध्यमिक विद्यालयले एसइई उर्त्तिण विद्यार्थीलाई शैक्षिक परामर्श दिएको छ । पूर्वी चितवनका विद्यालयबाट एसइई उर्त्तिण दुइ सय भन्दा बढी विद्यार्थीलाई सोमबार शैक्षीक परामर्श दिइएको हो । एसइईपछि कुन बिषय कस्तो विद्यार्थीले अध्ययन गर्ने भन्ने दिशानिर्देश गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयका प्राचार्य नेत्र बहादुर क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा शैक्षीक परामर्श संगै विद्यार्थीहरुका लागि अति उपयोगी सुन्दर सत्सङ संस्कार, असल संस्कृति तथा विद्यार्थी जिवनका विषयमा लेखक, शैक्षिक व्यक्तिव तथा उत्प्रेरक वक्ता लक्ष्मण भण्डारीले विद्यार्थीहरुमा उत्प्रेरणा अभिवृद्धि सम्बधी प्रशिक्षण दिएका थिए ।
स्नातक सम्म पढाइ हुने सो विद्यालयमा हाल ८१५ जना विद्यार्थी अध्ययनरत रहेकाे प्राचार्य क्षेत्रीले जानकारी दिए । २०६० सालमा स्थापना भएको साे विद्यालय २०६३ सालबाट एसईइमा सहभागी भएकाे हाे । प्लस २ मा जिल्ला प्रथम र द्धितीय हुँदै स्नातकमा उत्कृष्ट नतिजा निकाल्न सफल भएकाे क्षेत्रीले बताए ।
