रत्ननगरमा रक्तदान : २६ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ ।

उद्यमशिल महिला समुह रत्ननगर र रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सहयोगमा भएको कार्यक्रममा १२ महिला सहित २६ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरमा उपमेयर यादव प्रसाद पाठकले उद्घाटन गरेका थिए । सो अबसरमा उनले रगतको सहज उपलब्धताको लागि रत्ननगरमा ब्लड बैंक स्थापना गरिएको बताए ।

आर्थिक अबस्था कमजोर भएका विरामीको उपचारको लागि रगत नपाउने अबस्थामा अन्त्य गर्न ब्लड बैंक स्थापना गरी सञ्चालनमा ल्याएको उनले बताए । रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रक्तदानको लागि सहयोग गरेको बताए ।

उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य मीना श्रेष्ठले स्वागत मन्तव्य तथा सचिव पार्वती घिमिरेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker