
भरतपुर । समाजबादी प्रेस संगठन चितवनले नेपाल पत्रकार महासंघ चितवनकाे कार्यालयमा साेमबार तालाबन्दी गरेकाे छ । पत्रकार शुद्धिकरणकाे नाममा सक्रिय पत्रकारहरुकाे समेत सदस्यता खाेसिएकाे भन्दै निर्णय सच्याउन माग गर्दै तालाबन्दी गरिएकाे हाे । संगठनका जिल्ला अध्यक्ष टीकादत्त तिमिल्सिनाकाे नेतृत्वमा महासंघमा तालाबन्दी गरिएकाे हाे ।
लोकतन्त्र, मानवअधिकार तथा आमसञ्चारलाई संस्थागत गर्न वर्षौंवर्ष कलम चलाएका पत्रकारहरूलाई राजनैतिक पहुँचका आधारमा कथित सुद्धिकरणको नाममा सयौँ पत्रकारहरूको कलम खोस्ने निर्णय विरूद्ध तालाबन्दी गर्न बाध्य भएकाे प्रेस विज्ञप्तीमा जनाइएकाे छ।
साे संगठनले २०८० चैत्र मसान्तको अवधिसम्म नविकरण गरिसकेपछि सुद्धिकरणको नाममा खारेज गरिएका पत्रकारहरूको सदस्यता बिना शर्त कायम गर्नु पर्ने, विधिपूर्वक निवेदन पेश गरेका पत्रकारहरूलाई नयाँ सदस्यता प्रदान गर्नु पर्ने र पक्षपातपूर्ण निर्णय फिर्ता हुनुपर्ने माग गरिएकाेे छ । यस अघि सदस्यता शुद्धिकरणकाे विषयलाई लिएर प्रेस चाैतारी चितवनले महासंघमा तालाबन्दी गरिसकेकाे छ ।