स्वास्थ्य कार्यालय चितवनमा अत्याधुनिक प्रयोगशाला स्थापना

स्वास्थ्य कार्यालय चितवनमा प्रदेशस्तरीय अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएको छ । प्रयोगशालाको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गर्नुभएको हो ।बागमती प्रदेश सरकारले धुलिखेलमा सञ्चालनमा ल्याएको प्रयोगशालाको शाखा चितवनमा स्थापना गरिएको हो । यस प्रयोगशालाले नसर्ने, सर्ने रोगको अध्ययन, गुणस्तर मापन र तालिम दिने जस्ता कामहरु गर्ने छ ।

प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीका अनुसार नसर्ने रोगको सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धानका नतिजाको आवश्यक समन्वय र आदान प्रदान गर्ने छ । यस्तै सर्ने रोगको अनुसन्धान गरी नतिजा तितरण गर्ने, प्रादेशिक प्रयोगशालाबाट गुणस्तर नियन्त्रणका लागि पठाईएका नमुनाहरुको परीक्षण गरी नतिजा संकलन गर्ने र बिश्लेषण गर्ने, ल्यावहरुको गुणस्ता मापन गर्ने लगायतका काम गर्ने उहाँले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पताल र प्रयोगशालाबाट विश्वसनीय सेवा प्रदान गर्नुपर्ने बताउउनुभयो । उहाँले सरकारबाट सञ्चालित स्वास्थ्य कार्यक्रमले जनतालाई विश्वसनीय सेवा दिनु पर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश सरकार अहिले हुँदा खानेको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन लागिपरेको बताउँदै मन्त्री जोशीले छिटो छरितो र विश्वसनीय सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । आफु स्वास्थ्य मन्त्री भएदेखि मन्त्रालयको भ्रष्टाचार न्यूनिकरणमा लागेको उहाँको भनाई थियो ।कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिब बद्री बहादुर खड्काले प्रदेश सरकारले धुलिखेल प्रयोगशालाको शाखाको रुपमा पहिलोपटक चितवनमा प्रयोगशाला स्थापना गरेको बताउनुभयो । यहाँ रहेका उपकरणहरु उच्च प्रबिधिका रहेको बताउँदै उहाँले नतिजा समेत कम्युटरबाटै आउने भएकाले मानवीय त्रुटी नहुने बताउनुभयो ।

सो अवसरमा नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणी भण्डारी लगायतले प्रयोगशालाबाट चितवन सहित अन्य जिल्लाका बिरामीहरुले सेवा पाउन सक्ने बताउनुभयो ।यस प्रयोगशालामा चारजना अधिकृत सरहका प्राबिधिकले नियमित सेवा दिनेछन् । प्रयोगशालाबाट १०८ प्रकारका नमुनाको परीक्षण हुने छ । प्रयोगशालामा बाहिर भन्दा न्यून शुल्कमा परीक्षण गरिने सो अवसरमा जानकारी दिईयो

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker