रत्ननगरका स्वास्थ्य स्वयंसेविलाई बाल क्यान्सर सम्बन्धी अभिमुखीकरण

बाल क्यान्सर सम्बन्धी अभिमुखीकरण र स्वास्थ सामग्री हस्तान्तरण

रत्ननगर, असार २६ ।

रत्ननगरका स्वास्थ्य स्वयंसेविकालाई बाल क्यान्सर सम्बन्धी अभिमुखीकरण र स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ चितवन नेशनल पार्कको आयोजनामा ६१ जना स्वास्थ्य स्वयंमसेविका लाई अभिमुखीकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

बकुलहर रत्ननगर अस्पातलका बाल रोग बिशेषज्ञ डा. निश्चल मास्केले बाल रोग तथा बाल क्यान्सर रोगको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बच्चाहरुमा देखिने लक्षण, त्यसको निगरानी र पहिचान तथा आवश्यक परामर्श दिइएको क्लबका अध्यक्ष सुन्दर लाल श्रेष्ठ जानकारी दिए । बाल रोगलाई निर्मुल पार्न स्वास्थ्य स्वयमसेविकाहरुले पुर्याउन सक्ने भूमिका र सहयोगका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको श्रेष्ठले बताए ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन दिना नाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन निरज श्रेष्ठ, डिष्ट्रिक्ट एक्जुकेटिव को चिफ लायन बाल गोपाल चुके र श्रीधर भण्डारी, डिष्ट्रिक्ट डेपुटी चिफ ओमलाल सापकोटा, कलष्टर चिफ मधुर नेपाल, रिजन चेयर पर्सन भिम बहादुर नेपाल, जोन चेयर पर्सन भिष्म कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा ज्योति बिकास बैंकले सहयोग गरेको झोला, छाता, टर्च लाईट लगायतको सामग्री स्वास्थ स्वयमसेविकालाई हस्तान्तरण गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker