विवेकशील साझाका भरतपुर महानगर प्रमुख उम्मेदवार ई प्रबिन काफ्ले रा स्व पा प्रवेश

असार २६,
स्थानीय निर्वाचन २०७९ मा विवेकशील साझा पार्टीबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार बनेका २८ वर्षीय ई प्रबिन काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।  यसअघि काफ्लेले विवेकशील साझा पार्टी, चितवनका जिल्ला संयोजक रहेर काम गरेका थिए। गत २०७९ साल चैत्र १ देखि चैत्र १६ गतेसम्म १५ दिन उनी भरतपुर यात्रामा निस्केका थिए।  यात्रामा उनले भरतपुरका २९ वटै वडाको वस्तुस्थिति बुझेका छन्। मंगलवार फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन् :
—-गन्तब्य नजिकको तर कठिन यात्रा अब रास्वपा बाट —-
बेस क्याम्प सम्मको यात्रा विवेकशील साझा बाट गरें, अब सगरमाथाकै आरोहण भने रास्वपा बाट गर्ने निधो गरेको छु। आज म साधारण सदस्यका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काम गर्न निकै उत्साहित छु।
हजुरहरुको मायाँ, आशिर्वादको अपेक्षा गर्दछु। गाली पनि स्वीकार्य छ।
रा स्व पा लाइ विकल्प सहितको नयाँ राजनीतिक दल बनाउन नयाँ विचार, नयाँ संगठन, नयाँ शैलीमा ठेल्नुपर्ने छ, अब यसैमा जोड गर्ने हो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker