
चितवन। नेपालको सफल शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । असार ३० गते काठमाडौंमा हुने इक्यानको केन्द्रीय अधिवेशनमा पौडेल उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् ।
विगत २० वर्षदेखि निरन्तर शैक्षिक परामर्श व्यवसाय मार्फत विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि सेवा दिँदै आएका सफल व्यवसायी पौडेल सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन् । युवा जोश र जाँगरले भरिपूर्ण पौडेल गफ भन्दा कर्ममा विश्वास राख्ने स्थापित परामर्शदाता व्यवसायी हुन् । उनको शैक्षिक संस्था सेन्ट्रल कलेजले नारायणगढको शहिदचोक, प्रेसमार्ग स्थित केन्द्रीय कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । कलेजले जापान र कोरियामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ भने देशका विभिन्न शहरहरुमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
उनी इक्यानको पूर्व केन्द्रिय सदस्य समेत भएर काम गरिसकेका छन् । पौडेल यसपटक स्वतन्त्र रुपमा केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनी यसअघि केन्द्रीय सदस्यमा पनि अत्याधिक मतले विजयी भएका थिए । इक्यानमा मतदान मार्फत केन्द्रिय सदस्यमा निर्वाचित हुने चितवनबाट पहिलो र एक मात्र व्यक्ति हुन् पौडेल ।
