पञ्चकन्या मावि परिसरमा बृक्षरोपण 

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १३ मा रहेको पञ्चकन्या मावि परिसरमा बुधबार बृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ रत्ननगर लेडिजको आयोजनामा बृक्षरोपण गरिएको हो । कार्यक्रममा सहभागी लायन्स क्लवका अगुवा, जनप्रतिनिधि, विद्यालयका शिक्षकहरुले विभिन्न प्रजातीका विरुवा रोपेका थिए । लायन्स क्लवको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा हरियाली बनाउन बृक्षरोपण गरिएको हो । वडा नं १३ का वडाध्यक्ष सुवास घिमिरे प्रमुख अतिथि रहेको सो उद्घाटन कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक एजुकेटिभ चिपहरु योगेन्द्रनाथ अधिकारी, निरज श्रेष्ठ, कलष्टर चिफ मधु नेपाल, रिजन चियर पर्सन भीमबहादुर नेपाल, जोन चियर पर्सन चन्द्रिका केसी, विद्यालयकी प्रधानाध्यापक अनिता पौडेल, धर्मराज चालिसे,तुलसी पन्त लगायतको सहभागिता रहेको थियो । कार्यक्रम लायन्स क्लव अफ रत्ननगर लेडिजकी अध्यक्ष भगवती देवकोटाको अध्यक्षतामा भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker