रत्ननगर १ का किसानलाई स्प्रे ट्याङ्की र त्रिपाल वितरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ का किसानहरुलाई विहीबार स्प्रे ट्याङ्की र त्रिपाल वितरण गरिएको छ । अन्नबालीमा कीटनाशक औषधि छर्न प्रयोगमा आउने स्प्रे ट्याङ्की र अन्न सुकाउन प्रयोगमा आउने त्रिपाल वितरण  गरिएको हो । वडा भित्रका १८ जना किसानलाई स्प्रे ट्याङ्की र ३८ जना किसानलाई ५० प्रतिशत अनुदानमा त्रिपाल वितरण गरिएको हो । वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडासदस्य गिरिराज लम्साल र वडा सचिव पदम सापकोटाले संयुक्त रुपमा किसानलाई स्प्रे ट्याङ्की र त्रिपाल हस्तान्तरण गरेका थिए । कृषक समुहमा आबद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की र त्रिपाल वितरण गरिएको वडाध्यक्ष सापकोटाले बताए । सो वडा कार्यालयले किसानलाई व्यवसायिक बनाउन मल, बिउ र कृषि औजार खरिदमा अनुदान प्रदान गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker