रत्ननगरको भानु पुस्तकालयमा भानु जयन्ती मनाइयो 

रत्ननगर, असार २९ ।

रत्ननगरको भानु प्रेरणा पुस्तकालयले भानु जयन्ती मनाएको छ । रत्ननगर वडा नम्बर १ मा रहेको पुस्तकालयमा श्लोक बाचन गरि २१० औं भानु जयन्ती मनाइएको हो । पुस्तकालयमा आयोजित कार्यक्रममा भानुको स्मरण गर्दै भानुको तस्बिरमा माल्यार्पण गरी श्लोक बाचन गर्दै दिवस मनाइएको पुस्तकालयका अध्यक्ष गोपाल शर्मा आचार्यले जानकारी दिए । कार्यक्रमका पुस्तकालयका उपाध्यक्ष हरिलाल सुवेदी, सचिव देवेद्र राज लामिछाने, कोषाध्यक्ष सुर्य पौडेल,सदस्यहरु सुरेसचन्द्र आचार्य, कपिलमणी पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker