लक्की फिल्मी अवार्डको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बसुन्धरा भुसाललाई

चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ मा नेपाली कलाकारिता क्षेत्रकी पहिलो महिला विशिष्ट हास्यकलाकार बसुन्धरा भुसाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्ने भएको छ । नेपाल चलचित्र क्षेत्रमा विशिष्ट हास्यकलाकार भुसालले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।

सात वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता सुरु गर्नुभएकी विशिष्ट हास्यकलाकार भुसालको फिल्मी यात्रा पहिलो नेपालमा खिचिएको नेपाली फिल्म ‘आमा’ बाट भएको थियो । नेपाली रजतपटमा विसं २०२२ देखि निरन्तर नेपाली फिल्ममा लागि रहनु भएकी भुसाल सदाबहार अभिनेत्रीको रुपमा परिचित हुनुहुन्छ । आमा फिल्ममा ‘भुन्टी’ को भूमिकाबाटै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नेपाल चलचित्र जगतकी पहिलो महिला विशिष्ट हास्य कलाकार भुसालले एक सय ६५ वटा भन्दा बढी नेपाली चलचित्र मार्फत दर्शकको मन जितिसक्नु भएको छ ।

नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ को भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलो पटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने । अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker