
चितवन,१३ भदौं । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आज आखा शिबिर कार्यक्रम सम्पन्न गरेको छ । शिबिरमा विद्यालयका कक्षा एक देखि कक्षा नौ सम्मका ५२० जना विद्यार्थी को आँखा चेकजाँच गरिएको थियोे ।
भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुबास सापकोटा र उहाँको टिमले आँखा चेक जाँच गर्नु भएको थियोे। चेकजाँच गर्ने क्रममा समस्या देखिएका विद्यार्थीलाई औषधि तथा चस्मा आवश्यक विद्यार्थीहरुलाइ चस्मा पनि वितरण गरिएको थियोे ।
विद्यालयले आफ्नो उत्तरदायित्व बहन गर्दै समय समयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ । विद्यालयका प्राचार्य मुकुन्द गिरिले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै विद्यालयले विद्यार्थी को मानसिक साथै सारिरिक स्वास्थमा पनि बिचार पुर्याउदै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय भएको कुरा मनन गर्दै विद्यार्थीहरुको स्वास्थ जाँचका कार्यक्रम संचालन गरेको बताउनु भयो ।
विद्यालयका समादेसक चन्द्र कुमार सिंहले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।बिध्यालका क्याप्टेन श्रीजल सुबेदिको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
