राप्तीका दीपक नेपालीको परिवारलाई नयाँ घर हस्तान्तरण

रत्ननगर । राप्ती नगरपालिका वडा नं २ पन्तडाँडामा विपन्न परिवारको लागि निर्माण गरिएको घर आइतबार हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिका र सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टको सयुक्त लगानीमा दीपक नेपालीको परिवारका लागि निर्माण गरिएको तीन कोठे घर परिवारलाई हस्तान्तरण गरिएको हो । राप्ती नगरपालिकाले प्रदान गरेको एक लाख रुपैयामा निर्माण सम्पन्न हुन नसकेपछि सपना भिलेजले थप लगानी गरी घर निर्माण गरिएको थियो । कुखुराको खोरमा बस्दै आएका नेपालीको ६ जनाको परिवारको कारुणीक अबस्था देखेपछि निर्वतमान वडा सदस्य तिकल बहादुर कार्कीको पहलमा नेपालीको परिवारको लागि घर निर्माण गरिएको हो । नगरपालिकाले प्रदान गरेको एक लाखले निर्माण सम्पन्न हुन नसकेपछि विगत ८ महिनादेखि सो घर अलपत्र अबस्थामा रहेको थियो । सपना भिलेजले दिएको एक लाख ७३ रुपैयाले घर निर्माण गर्न सम्भव भएको कार्कीले बताए । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका नेपालीको परिवार घर नहुँदा गाउँकै कुखुराको खोरमा बस्दै आएका थिए । राप्ती नगरपालिकका मेयर शमशेर लामा र सपना भिजेल सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले सयुक्त रुपमा नेपालीको परिवारलाई चावी हस्तान्तरण गरी नयाँ घर दिएका हुन । सो अबसरमा मेयर लामाले चालु आर्थिक बर्षमा नेपाली जस्तै आर्थिक अबस्था कमजोर भएका परिवारको लागि १०० घर निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको बताए । गत आर्थिक बर्षमा प्रदेश र स्थानीय सरकारको लगानीमा २३२ वटा घर निर्माण गरिएको भन्दै उनले चालु आर्थिक बर्षमा पनि आकासमुनी बास बस्नुपर्ने बाध्यकारी अबस्थामा रहेका परिवारको पहिचान गरी घर निर्माण गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रस्य सदस्य समेत रहेका इम्प्याक्टका अध्यक्ष गिरीले कुखुराको खोरमा जीवन विताएका परिवारको घर आर्थिक अभावका कारण अलपत्र परेको थाहा पाएपछि निर्माण सम्पन्न गरेर परिवारलाई हस्तान्तरण गरिएको बताए । आर्थिक अभावका कारण कसैको पनि आकासमुनीको बास हुनुहुँदैन उनले भने त्यस्ता परिवारको पहिचान गरी स्थानीय सरकारसंग सहकार्य गरी घर निर्माण गर्दै आएको उनको भनाई छ । समस्यामा परेकालाई हामी सहयोग गछौं उनले भने तर त्यसमा स्थानीय सरकारको पनि निश्चित प्रतिशत लगानी हुनुपर्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker