
भाद्र ३० गते भरतपुर
भरतपुर महानगरपालिका वडा नम्वर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले अध्यक्ष लक्ष्मी कुमार श्रेष्ठको सभापतित्व र वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त(हरि)को प्रमुख आतिथ्यमा दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । नौरङ्गे टोल विकास सस्थाका पूर्व अध्यक्षहरु, धनगढा एकृकित विकास समितिका अध्यक्ष भरतसिंह कुँवर, धनगढा खानेपानी उपभोक्ता समूहका अध्यक्ष मदनकृष्ण घिमिरे, भ्रष्टाचार विरुद्धको अभियान सहयोगी समूह भरतपुर १२ का अध्यक्ष ऋषिराम पौडेल, समाजसेवी चित्रवहादुर भण्डारी सहितको उपस्थितिमा सचिव विष्णु पराजुलीले सञ्चालन गरको कार्यक्रममा उपाध्यक्ष पुस्तकराज न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने वक्ताहरुको साधारण सभा सफलताको कामना सहित नयाँ निर्वाचन हुने कार्य समितिले सवै संगको समन्वयमा प्रभावकारी काम गर्नु पर्ने बताएका थिए । प्रमुख अतिथिको मन्तव्यका क्रममा वडा अध्यक्ष पन्तले आफु २०४८ सालमा चितवन बसाई सराई गर्दा परिवार सहित नौरङ्गे टोलमा बसाई सरेको त्यस पछि जहाँ जहाँ बसे पनि आफ्नो स्थायी वतन नौरङ्गे नै लेख्ने गरेकोले नौरङ्गे प्रति आफ्नो अगाध स्नेह र लगाव भएको बताउनुका साथै टोलको समृद्धि र विकासमा टोलबासीहरु संग साथ साथ हिड्न आफु सदा तत्पर रहेको बताउनु भएको थियो ।
साधारण सभाको औपचारीक कार्यक्रम पश्चात ऋषिराम पौडेलको संयोजकत्वमा भरतसिंह कुँवर र विनोद खतिवडा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सहमतिका आधारमा अध्यक्षमा सन्तोष पन्त, उपाध्यक्षमा पुस्तकराज न्यौपाने, सचिवमा संगिता थापा, कोषाध्यक्षम यवििनधी तिवारी, सहसचिवमा बाबुराम अधिकारी, सदस्यहरुमा क्रमसः शान्ता पराजुली, डिल बहादुर श्रेष्ठ, तुलशी प्रसाद सुवेदी, होमनाथ चापागाई, कमल बहादुर रसाईली र काली बहादुर दराई रहेको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो । नवगठित कार्य समितिका अध्यक्ष सन्तोष पन्तले आफुलाई योग्य सम्झेर जिम्मेवारी प्रदान गरेकोमा टोलवासी तथा निर्वाचन समिति प्रति आभार प्रकट गर्दै आवश्यकताको पहिचान गरी टोलबासीहरुको सहयोग र समन्वयमा जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । नव गठित कार्य समितिलाई निर्वाचन संयोजक ऋषिराम पौडेले सपथ ग्रहण गराउनुका साथै वडा अध्यक्ष हरि पन्तले खादा लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।