पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवा संघको रत्ननगरमा मसाल जुलुस 

रत्ननगर, असोज १ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटिले मसाल जुलुस निकालेको छ । नगर कमिटिले सरकारले पेट्रोलियम पदार्थमा गरेको मृल्यवृद्धिको विरोधमा मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको हो । सोमबार साँझ सौराहाचोकबाट मसाल बोकेर अघि बढेका युवा संघका नेता कार्यकर्तालाई प्रहरीले बीचमै रोकेको थियो । युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो । उनिहरुले सरकारको विरुद्धमा नाराबाजी समेत गरेका थिए । विरोध प्रदर्शनपछी सौराहाचोकमा आयोजित सभामा बोल्दै राष्ट्रिय युवा संघ नेपाल वागमती प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख तथा नेकपा एमाले रत्ननगर नगर कमिटिका उप सचिव सागर मिश्रले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारले मूल्य वृद्धि फिर्ता नलिए थप आन्दोलनमा कार्यक्रम गर्ने चेतावनी दिए । युवा संघ रत्ननगर नगर कमिटिका अध्यक्ष सन्देश पन्तको सभापतित्वमा भएको सभामा संघका युवा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Video :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker