दाशढुङ्गा आमा समुहको तीज गीत प्रतियोगितामा सगरमाथा आमा समुह प्रथम

असोज १ चितवन ।

दाशढुङ्गा आमा समुहले आयोजना गरेको खुला प्रतिस्पर्धात्मक तिज गीत कार्यक्रम २०८० मा सगरमाथा आमा समुह प्रथम भएको छ । भरतपुर  महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष सुर्य बहादुर गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा द्वितीय र तृतीय हुनेमा क्रमश:लालिगुरास आमा समुह र खहरे आमा समुह रहेकाछन् । तिन सदस्य निर्णायक मण्डलले प्रतिस्पर्धीहरुको मुल्यांकन गरेको थियो ।

प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमश: नगद रु १५ हजार, १० हजार, ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । बिजयी टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर  महानगरपालिका वर्ड नम्बर २९ का अध्यक्ष सुर्य बाहादुर गुरुङ, दाशाढुङ्गा आमा समुहकि अध्यक्ष फुलमति गुरुङ , दाशढुङ्गा आमा समुहकि सचिब  लिला माया केवाली मगर, समाजसेवी सानू बहादुर जर्गा मगर, भरत गुरुङ र अशोक अधिकारीले प्रमाणपत्र सहिद पुरस्कार प्रदान गर्नुभएको थियो ।

भरतपुर २९ को दाशढुङ्गा आमा समुह आयोजक रहेको उक्त प्रतियोगीतामा ३ टिमले सहभागिता जनाएका थिए । दाशढुङ्गा आमा समुहकि अध्यक्ष फुलमति गुरुङले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो  ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker