
चितवन, असोज ४ ।
लियो क्लब अफ नारायणगढ चित्रवनले चितवनमा १० औं चित्रवन कप अन्तर्गत फुटसल प्रतियोगिता गर्ने भएको छ । क्लबले असोज २० गते भरतपुर ७ कृष्णपुरमा रहेको अंकुरम एकेडेमीमा फुटसल प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक विष्णु प्रसाद ओझाले जानकारी दिए । प्रतियोगितामा चितवन सहित काठमाण्डौ,रुपन्देही,कास्की,नवलपुर,मकवानपुर लगायतको जिल्लाबाट ३२ बढी लायन्स तथा लियो क्लबको सहभागिता रहने ओझाले बताए । लियो र लायन्स क्लबको आत्मीयता बढाउने उद्देश्यले गरिएको प्रतियोगिताबाट भएको मुनाफा सामाजिक काममा खर्च गर्ने आयोजकको योजना रहेको छ । प्रतियोगितामा प्रथम हुने क्लबले नगद २५ हजार र द्वितिय हुने क्लबले १२ हजार नगद प्राप्त गर्नेछन् । क्लब दर्ताको लागि आयोजकले असोज १६ गते सम्मको समय तोकेको छ भने दर्ता हुने पहिलो क्लबलाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरेको छ ।