रत्ननगरको लाइसियम स्कुलमा आँखा परीक्षण 

रत्ननगर, ५ असोज ।

पूर्वी चितवनको रत्ननगरमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलमा शुक्रबार आखाँ परिक्षण शिविर गरिएको छ । रत्ननगर वडा नम्वर १ निपनीमा रहेको स्कुलले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको लागि आँखा परिक्षण शिविर गरेको हो । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको शिविरमा ४६० जनाको आँखा परिक्षण गरिएको स्कुलका प्रवन्ध निर्देशक सन्तोष पन्तले जानकारी दिए ।

अस्पतालका सुवास सापकोटा सहितको टोलीले गरेको आँखा परिक्षणमा सात जना विद्यार्थीहरुले चस्मा लगाउनु पर्ने र एक जनाले औषधि राख्नु पर्ने राय दिएका थिए भने चार जनालाई भरतपुर आँखा अस्पतालमा रिफर गरिएको थियो । आँखा परीक्षणको क्रममा विद्यार्थीहरुले विद्यालयमै आँखा जाँच गरी आफ्नो आँखाको अवस्थाको जानकारी पाएकोमा खुशी व्यक्त गर्दै विद्यालय प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए ।

शिविरमा प्रवन्ध निर्देशक सन्तोष पन्तले विद्यालयले पठन पाठनका अतिरिक्त विद्यार्थीहरुको शारीरिक अवस्थाको समेत ख्याल गरी समय समयमा स्वास्थ्य परीक्षण गरी रहेको जानकारी दिए । उनले स्कुलमा आखाँ परिक्षणका सहयोग गरेकोमा आँखा अस्पताल भरतपुर लाई धन्यवाद दिदै आगामी दिनमा स्कुल दन्त परिक्षण शिविर गर्ने योजना रहेको बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker