खैरहनीमा आजदेखि फुटसल प्रतियोगिता सुरु

रत्ननगर, असोज ७ । पूर्वी चितवनको खैरहनी-८ पर्सामा स्कुल तथा कलेज स्तरीय फुटसल प्रतियोगिता आजदेखी सुरु भएको छ । चितवन जिल्लाको खेलकुदको विकास संगै विद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट अध्ययनमा केन्द्रीत गराउने उद्धेश्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आयोजनामा पर्सा स्थित स्काई एण्ड क्राउट फुटसल भवनमा प्रतियोगिता सुरु भएको हो । असोज ७ र ८ गते दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताको प्रमुख अतिथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष केशव रावलले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले खेल विद्यार्थी जीवन संगै जोडिएकाले खेल महत्वपूर्ण पाटो रहेको बताए । उनले भने, ‘राजनीतिमा बास्तबिक झेल भएतापनि खेलमा कहिल्यैं झेल हुनुहुदैन, खेलमा हार जित स्वभाविक हो हार भयो भन्दैमा कसैले चित नदुखाऔं ।’ खेलले सम्पूर्ण विद्यार्थीहरुलाई एक जुट भएर अगाडी बढ्न हौसला प्रदान गर्ने उनले बताए । खेलले एक आपसमा मित्रता साथै सद्भाव कायम गर्ने उनको विश्वास छ ।

प्रतियोगितामा २० वटा कलेज र २० वटा स्कुलका गरी ४० वटा टिमको सहभागिता रहने समितिका अध्यक्ष चोकबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः ६० हजार ५ सय ५५ र ३० हजार ५ सय ५५ रुपैँया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र खैरहनीकी इन्चार्ज लक्ष्मी ढकाल, नेकपा माओवादी केन्द्र रत्ननगरका इन्चार्ज राजु अम्गाई (सुवोध), नेकपा माओवादी केन्द्र खैरहनीका अध्यक्ष रामेश्वर पोखरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य सरोज भण्डारी, नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन खैरहनीका इन्चार्ज ओम थपलिया, शहिद स्मृति बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष राजेन्द्र सापकोटा लगाएको उपस्थिति रहेको थियो । नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रत्ननगर कमिटिका सचिव सन्दर्भ खनालले सञ्चालन गरेको कार्यक्रममा रामपुर क्याम्पस इकाईका सचिव सागर ढकालले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker