रत्ननगरको क्वेष्ट मोडल कलेजले जित्यो फुटसल प्रतियोगिताको उपाधि 

रत्ननगर, असोज ८ । पूर्वी चितवनको खैरहनी-८ पर्सामा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि रत्ननगरमा रहेको क्वेष्ट मोडल कलेजले जितेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आयोजनामा पर्सा स्थित स्काई एण्ड क्राउट फुटसल भवनमा भएको खेलमा खैरहनीको सुनगाभा कलेजलाई ४-३ गोलले हराउदै क्वेष्ट मोडल कलेज विजयी भएको हो ।

बिजेता बन्दै क्वेष्ट मोडल कलेजले नगद रु ६० हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको सुनगाभा कलेजले नगद रु ३० हजार ५ सय ५५ रुपैँया सहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै ग्लोसाईन एकेडेमी पर्साले फेयर प्लेयर टिम अवार्ड प्राप्त गरेको छ ।

असोज ७ र ८ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पूर्वी चितवनका २० वटा कलेज र २० वटा स्कुलका गरी ४० वटा टिमको सहभागिता रहेको थियो । समितिका अध्यक्ष चोकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य सरोज भण्डारीले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker